कोन सहकारीको रक्तदानमा ५० यूनिट रगत संकलन

समाधान संवाददाता २०७९ पुष २१ गते १३:००

पोखरा ।
पोखरा महानगरपालिका वडा न १३ कुँडहर स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले बिहीबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २४ औं बार्षिकोत्सवको अवसरमा शिक्षा उपसमितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय प्रमुख रमेश घर्तीले पहिलो रक्तदाता तथा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठलाइ ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

प्रमुख घर्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमले समाजमा सहकारी प्रति सकारात्मक भावना सृजना गर्ने भने । वडा नं १३ का वडा अध्यक्ष किरण बरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि समाजमा उल्लेखनीय कार्य गरेको चर्चा गरे ।

Advertisement

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोन सहकारी संचालक समितिका सदस्य शारदा पराजुली (सिग्देल) लगायत बोलेका थिए ।

कार्यक्रममा शिक्षा उपसमितिका सदस्य गोविन्दप्रसाद सिग्देलले स्वागत मन्तव्य राखेका थिए भने शिक्षा उपसमितिका संयोजक खड्कबहादुर गुरुङ (खुसीमान)ले सञ्चालन गरेका थिए । रक्तसञ्चार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी समुहको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया