राष्ट्रिय महिला भलिबल प्रतियाेगितामा गण्डकी पहिलो खेलबाटै बाहिरियो

सुरेशराज अधिकारी
दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताबाट ३–० को सोझो सेटमा पराजित हुँदै गण्डकी प्रदेश खेलबाट बाहिरिएको छ । मंगलबार सुरु भएको प्रतियोगितामा गण्डकीलाई २५–१९, २५–२० र २५–१७ को सेटको अन्तर पार्दै नेपाल पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको प्रतियोगिताको पहिलो खेलमा प्रतियोगिताको सशस्त्र प्रहरी बल एपिएफले प्रदेश नं. १ लाइ ३–० को सोझो सेटमा हराएको छ । एपिएफले २५–३, २५–८ र २५–३ को फराकिलो अंकले पराजित गरेको हो ।
यसैगरी अर्को खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रदेश ५ ले २५–१०,२५–१४ र २५–८ ले पराजित गरेको हो । मंगलबार भएको तेस्रो खेलमा प्रदेश ३ ले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१० ले जितेको प्रदेश ३ दोस्रो सेटमा भने १२–२५ ले पराजित भएको थियो । त्यस्तै तेस्रो सेटमा २५–२० र चौथो सेटमा २५–१४ ले पराजित गर्दै आर्मीमाथि विजय हासिल गरेको हो ।
लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ५० हजार, उपविजेताले १ लाख ७० हजार, तेस्रो हुनेले १ लाख र चौथोले सान्त्वना स्वरुप ५० हजार रुपैयाँका साथै सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता माघ ५ गते सम्म चल्ने छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिमको सहभागिता छ । उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली खेलकुदको क्षेत्रमा नेपाली खेलाडी पुरानै ढंगबाट अगाडि बढेको बताए । उनले खेलको विकास गर्न पछिल्लो सयमा नेपालमा नयाँ संरचना तथा प्रविधिको प्रयोग नभएको भन्दै असन्तुष्टि पोखे ।
पोखरा रंगशालामा फुटबल ग्राउन्ड बनाउने सम्झौता भइसकेको भए पनि क्षमता विस्तर गर्नुपर्ने उनको धारणा थियो । हतारमा बनाएको संरचना लामो समयसम्म उपयुक्त नहुने भन्दै उनले अहिले निर्माण हुन लागेको स्टेडियम केही समयपछि साँघुरो हुने भएकाले बेलैमा विचार गर्न आग्रह गरे । गण्डकी प्रदेश सरकाले पोखरा रंगशालाभित्र स्पोर्टस् कम्प्लेक्स बनाउने योजना अगाडि बढाएको बताउँदै मुख्यमन्त्री गुरुङले आगामी वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढ्ने जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले कार्याक्रममा भनाइ रखेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया