पोखरा हार्डवयर एसोसियसनमा नयाँ समिति

समाधान संवाददाता २०७९ पुष २४ गते ११:२४

पोखरा ।
पोखरा हार्डवयर एसोसियसन कास्कीको २९ औं साधारण सभा तथा १५ औं अधिवेशनले पृथ्वीराज तिमिल्सिनाको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

समितिका उपाध्यक्षद्वय अर्जुनबहादुर थापा र अमरबहादुर केसी चयन भएका हुन् । एसोसियसनको महासचिवमा कृष्णप्रसाद कोइराला, सचिव प्रतापराज पौडेल र कोषध्यक्षमा रामेश्वर आचार्य छन् । सदस्यमा सुलोश कुँवर, सन्दीप कुँवर, चन्द्रप्रसाद अधिकारी, मनोजकुमार अधिकारी र सुनिल श्रेष्ठ चयन भएका हुन् ।

एसोसियसनको निवर्तमान अध्यक्षमा शेषकान्त ढकाल हुन् । निवर्तमान अध्यक्ष पदेन कार्यसमिति सदस्य रहन्छन् । व्यावसायीबीचको बढ्दो अस्वस्थ प्रतिस्पर्धा हटाउँदै सबैले कर्तव्य पूरा गरेर अधिकार खोज्नेबारे सचेत हुनुपर्ने नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले बताए । उनले हक, अधिकारका लागि व्यवसायी संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की लगायतले विविध विषयबारे आफ्ना धारणा राखेका थिए ।

पूर्वअध्यक्षद्वय तीर्थराजबहादुर बस्नेत र महेश पराजुली र वरिष्ठ सल्लाहकार रामचन्द्र थापाले शुभकामना दिएका थिए । निर्वाचन अधिकृत सुकदेव गौतमले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेका थिए ।

Advertisement

समारोहमा व्यवसायी तथा कर्मचारीका छोराछोरीमध्येबाट सर्वोत्कृष्ट अंक ल्याउने छात्रातर्फ अनुश्रा श्रेष्ठ र छात्रतर्फ सोकृन कोइरालालाई नगद र सम्मान पत्रले सम्मान गरिएको छ । उनीहरुलाई जनही ५ हजार नगद र सम्मान पत्र प्रदान गरियो । कार्यक्रममा संस्थाका सबै कार्यक्रम तथा गतिविधि झल्कने स्मारिका पनि सार्वजनिक भएको छ ।

संस्थालाई सहयोग गर्ने सिजी हार्डवयर तथा राजेश हार्डवयर तथा यस कार्यकालमा विभिन्न कार्यक्रमको संयोजक भई कार्यक्रमलाई सभ्य र भव्य बनाउने संयोजक तथा स्मारिकाका सम्पादक तथा प्रधान सम्पादकलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रम महासचिव कोइरालाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया