विज्ञको सुझाव लिँदै पोखरा २८

पोखरा ।
वडाको समग्र विकासका लागि पोखरा महानगरपालिका २८ मा विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिएको छ । वडाभित्रका राजनीतिक दल, विषय विज्ञ तथा सरोकारवालाहरुसँग वडा कार्यालयले शनिबार छलफल गरेको हो । छलफलमा पोखरा महानगरपालिकाको पूर्वमेयर मानबहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सर्ब एकजुट भएर लाग्नुपर्ने बताए ।
नेपाली काग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसीले वडाको विकासका लागि कुनै दल, पार्टी नभनी वडालाई सबैले सहयोग गर्न आग्रह गरे । साथै पुराना अपुरा विकास निर्माणलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
निर्वतमान वडाध्याक्ष निर्मल दियालीले विकाससँग जोडिएर विकटलाई विकाससँग जोडनुपर्ने बताए । हाल वडाअध्यक्ष नरहेतापनि महानगरपालिकाको कार्यपालिका सदस्य तथा महानगरपालिकाको महत्वपुर्ण समितिमा रहेकोले वडाको विकासको लागी आफुले गर्नुेपर्ने कर्तव्य निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बुद्धीजिवी तथा महानगरपालिकाका सल्लाहकार हरिप्रसाद त्रिपाठीले वडाको पर्यटन प्रवद्धन, शिक्षा, स्वास्थ्य, खानेपानी लगात सवै विकास निर्माणमा सवैले आफ्नो ठाँउबाट सहयोग गर्न आग्रह गरे ।
डा शान्ताकुमारी खत्री पौडेलले वडाले पहिलो पटक वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझाव मागेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा पनि वडालाई आवश्यक सलाह तथा सुझाव लिन आग्रह गरिन् ।
कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाका सम्पुर्ण विज्ञ तथा सरोकारवालाहरुको सल्लाह तथा सुझाव अनुसार आफुले वडाको आगामी कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे । यो ५ वर्षको लागी मात्र नभएर कम्तीमा १५ वर्षसम्मको कार्य योजना बनाएर काम गर्न चाहेको उनले बताए ।
आगामी दिनमा पनि यस्ता छलफल र सरसल्लाहबाट वडाको विकासमा हातेमालो गर्ने वडाध्यक्ष लामिछानेले बताए । ‘छलफल गर्नुपर्ने धेरै विषय छन्, हामी निरन्तर विषय विज्ञ तथा सरोकारावालाहरुसँग छलफल गरेर वडाको विकासमा लागि पर्छाै,’ उनले भने
माधव ढकालले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य डाल्लादेवी भुजेलले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा भुमि विज्ञ ऋषिराम लामिछाने, भुगोलविद नरेश पौडेल, डा. निर्मल लामिछाने, सुर्य भण्डारी, बैनवहादुर गुरुङ, सुर्य तिवारी, शुक्रराज अधिकारी, शकंर पौडेल, मोहन गुरुङ लगायत विभिन्न व्यक्तिहरुले सल्लाह तथा सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया