पोखरा १९ मा निस्सा वितरण

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्रका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गा धनी दर्ताको निस्स वितरण सुरु गरेको छ ।
राष्ट्रिय भूमी आयोगको निर्देशिकाको अनुसुची ६ को प्रयोजनका लागि सुकुम्बासी समस्या समाधान आयोगको सिफारिस अनुसार त्यस वडाका ३ सय ८ परिवारलाई निस्सा वितरण सुरु गरिएको वडा सचिव श्रीराम पौडेलले जानकारी दिए ।
वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले निस्सा वितरण कार्य थालनी गरे । वडाध्यक्ष पाण्डेले सरकारले सुरु गरेको अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिउ । उनले पोखरा १९ मा कोही पनि भूमीहीन हुनुपर्ने अवस्था नआउने गरी आफूहरुले काम गर्ने बताए ।
कार्यक्रममा एमाले पोखरा १९ का सचिव विकास गौतम, नेपाली कांग्रेसका विष्णुप्रसाद बास्तोला, वडा कार्यालयका सूर्यबहादुर नेपाली, वडा सदस्य दुर्गादेवी बस्नेत, विकास आचार्य, वडा सदस्य कल्पना सुनार र सचिव श्रीराम पौडेलले बोलेका थिए ।
यो वडामा ३ सय ८ जना भूमीहीन दलित, भूमीहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । कार्यक्रममा निस्सा प्राप्त गरेकाले अब छिट्टै जग्गा धनी प्रमाण पुर्जा पाउने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया