आदर्श सहकारीको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ पुष २५ गते १०:३१

पोखरा ।
आदर्श बचत तथा ऋण सहकारी पोखरा १३ आर्वाको १६ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी शनिबार भएको छ । सहकारीले सेयर सदस्यलाई सहकारीबारे प्रशिक्षण दिएको छ ।

Advertisement

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बराल सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बराल, सहकारीका ऋण परिचालन उपसमिति संयोजक यज्ञप्रसाद बराल तथा शिक्षा उपसमिति संयोजक घनश्याम बरालले सहकारीका विविध पक्षबारे प्रशिक्षण दिएका थिए।

सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बरालले आदर्शको स्थापनादेखि हालसम्मका गतिविधिबारे प्रकाश पारे । उनले केही सिमित व्यक्तिको सानो लगानीमा सुरु गरिएको सहकारीमा आज सयौं सेयर सदस्यले करोडौं रुपयाँ कारोबार गरेको देख्दा गौरवान्वित भएको जनाए ।

Advertisement

सहकारीका अध्यक्ष राजेन्द्रप्रसादले सबै सेयर सदस्य आयस्रोत भएका पेशाकर्मी र इमान्दार व्यवसायी भएकाले सहकारीमा कुनै प्रकारको जोखिम नरहेको बताए । सहकारीका ऋण परिचालन उपसमितिकसंयोजक यज्ञप्रसाद बरालले ऋण प्रवाह गर्दा गलत व्यक्ति र अनुत्पादक क्षेत्रमा नगरेकै कारण सुरक्षित भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया