ईन्द्रराज्य लक्ष्मी माविमा खेकुद

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १६ लामाचौरमा अवस्थित ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयमा वार्षिक खेलकुद जारी छ । आइतबारदेखि ३ दिनसम्म चल्ने कार्यक्रमको पोखरा १६ का वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिनाले रेफ्री एवं विद्यालयका खेलकुद शिक्षक विशाल नेपाली र लक्ष्मण देवकोटालाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।
खेलकुद समितिका संयोजक तथा माध्यमिक तह इन्चार्ज बलबहादुर श्रेष्ठको अध्यक्षतामा भएके कार्यक्रममा शिक्षक सीता पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलबहादुर थापा, चित्रबहादुर थापा, प्रधानाध्यापक केशवप्रसाद अम्गाई, सहायक प्रधानाध्यापक पूर्णभद्र अधिकारी लगायतले बोलेका थिए । फुटबल, भलिबल, टेबलटेनिस, रिले दौड, कुर्सी दौड, लगायतका प्रतियोगिता जारी छन् ।
खेलकुद कार्यक्रममा खेलकुद समितिका सदस्यहरू गोपाल गुरुङ, इन्दु खनाल, गणेश अधिकारी र विशाल नेपालीले संयोजकको भूमिका निर्वाह गरेका छन् ।









शिक्षक महासंघले स्थानीय तहलाई दबाब दिने
वार्षिकोत्सवको तयारीमा विन्ध्यवासिनी मावि
सीताघाट व्यवस्थित गरिँदै
वारागुङ र घरपझोङमा ऊर्जा योजना
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया