दसैँ तिहार ‘होन्डाको साथ ७’ योजनाको बम्पर उपहार आलेलाई

समाधान संवाददाता २०७९ पुष २७ गते १५:१८

पोखरा ।
होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कुवँर ब्रदर्श एण्ड सन्स प्रालिले दसैँ तिहार ‘होन्डाको साथ ७’ बम्पर उपहार विजेतालाई उपहार प्रदान गरेको छ । कम्पनिले बुधबार कम्पनिकै शोरुममा पोखरा नयाँगाउँकी कृष्णकुमारी आलेलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

Advertisement

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ तथा तिहार स्किम ‘होन्डाको साथ ७’ ल्याएको थियो । स्क्रयाच कुपन मार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनालाई १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेतालाई १५ लाख नगद उपहार योजना ल्याएको थियो ।

पोखरा नयाँबजार स्थित होन्डा शोरुम कुवँर ब्रदर्श एण्ड सन्स प्रालिबाट नयाँ स्कुटर खरिदमा गण्डकी प्रदेशबाट आलेले उपहार जितेकी हुन् ।

कार्यक्रमका सभापति कम्पनिका प्रबन्धक निर्देशक चन्द्रबहादुर कुँवरले होन्डाको लक्ष्य सामान बिक्री गर्ने मात्रै नभएको बताए । होन्डाले बिक्री पछिको सेवालाई ध्यान राख्ने राखेर सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । ‘एउटा ग्राहक सन्तुष्टि हुँदा उसले सय जना ग्राहकलाई आकर्षित गर्दिन्छ तर असन्तुष्टि हुँदा एक हजार ग्राहकलाई विर्कषित गर्छ, त्यसैले ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो,’ कुँवरले भने ।

होन्डाका लागि गण्डकी प्रदेश इन्चार्ज विक्रम भट्टराइले कोरोनाको महामारीको समयमा पनि १५ हजार थान मोटरसाइकल तथा स्कुटर बिक्री भएको जानकारी दिए ।

Advertisement

होन्डाको नामसँगै विश्वास जोडिएर आउने कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ थियो । होन्डाका सामान गुणस्तरिय हुने र नयाँ फिचरसँगै एडभान्स भएर आइरहेको उनले बताए ।

बैंकले अहिले चर्काे ब्याज लिने गरेकाले सवारी साधनको व्यापार खस्केको धारणा राखे । ‘बैंकबाट ऋण लिएर व्यवसाय गर्दा चर्काे ब्याज तिर्नुपरेको छ, व्यवसायीलाई फाइदा हुँदा राजस्व बढ्न गइ सरकारलाई पनि फाइदा हुन्छ,’ उनले भने ‘सरकारले व्यवसायीलाई सहुलियतमा ऋण उपलब्ध हुने वातावरण सृजना गर्न आवश्यक छ ।’

कम्पनिका प्रोपाइटर लक्ष्मी थापा कुँवरले कम्पनिले सफलता प्राप्त गर्नमा ग्राहकको हात रहेको बताइन् । कम्पनिका कर्मचारीको मिहेनत र लगावले कम्पनि सफल भएको भन्दै कर्मचारीलाई धन्यवाद दिइन् ।

तपाईको प्रतिक्रिया