महालक्ष्मी बैंकको सहयोग
समाधान संवाददाता
२०७९ पुष २८ गते १२:३५

पोखरा ।
महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय एकता दिवसको अवसरमा सहयोग गरेको छ । महाक्ष्मीले पोखरा २६ स्थित प्रगति टोल विकास संस्थालाई विजयपुर शाखाको अगुवाईमा १५ थान कुर्सी र ६ थान डस्टबिन प्रदान गरेको हो ।
केही समयअघि पनि शाखाले यसै वडाको सिलिंगे स्थित श्री जटाशंकर धार्मिक विकास समितिलाई ३ थान फलामको बेन्च प्रदान गरेको थियो । कार्यक्रममा न्युरोड शाखाका शाखा प्रवन्धक गणेश प्रसाद आचार्य, विजयपुर शाखाका शाखा प्रवन्धक सूर्यबहादुर थापा लगायतले टोलका अध्यक्ष श्रीप्रसाद गुरुङलाई सामग्री हस्तान्तरण गरे ।
। महालक्ष्मीले १ सय ३ शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।
सम्बन्धित
३
तपाईको प्रतिक्रिया