पाेखरा महाेत्सवमा चिडियाखाना हेर्न निशुल्क बस

पोखरा ।
पोखराको अमरसिंह चौरमा जारी ११ औं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधीन चिडियाखानाको अवलोकनका लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ ।
महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकनसँगै महोत्सव स्थलबाट दिउँसो १ बजे र ४ बजे गरी २ सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउनेछ । चिडियाखानामा भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५ र सर्वसाधारणका लागि २५ रुपैयाँको टिकट लाग्ने प्रचार प्रसार संयोजक सुनारले बताए ।
युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुला चिडियाखाना निर्माणको पहलकदमी गरेको हो । दर्शकहरुले नीलगाई, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तु त्यहाँ अवलोकन गर्न पाउनेछन । महोत्सवको दोस्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रह्यो ।
शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहस ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुति रहनेछ भने साँझको लाइभ ब्यान्डतर्फ अभय एन्ड द स्टिम इिन्जन्सको प्रस्तुति रहनेछ ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया