मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
समाधान संवाददाता
२०७९ पुष २९ गते १३:५१

पाेखरा ।
गण्डकी प्रदेशसभाको बैठक १ बजे देखि सुरु भएको छ । शुक्रबार जारी प्रदेशसभा बैठकमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत मागेका छन् ।
विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले भ्रष्टाचार शून्य प्रदेश बनाउने, सेवा प्रवाह जनतामैत्री बनाउनेतर्फ आफ्नो ध्यान जाने बताए । प्रदेशलाई स्थापित गर्न पहिलो कार्यकालमा संस्थापक सांसदले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले धन्यवाद दिए । उनले विगतको सरकारले गरेको सकारात्मक कामलाई निरन्तरता दिने प्रस्ताव सहित उनले मत मागेका छन् ।
एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मनाङेले विश्वासको मत भने अधिकारीलाई नदिने र प्रतिपक्षमा बस्ने बताएका छन् ।
सम्बन्धित









पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
पोखराकी व्यवसायी मीलन थापा रास्वपामा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया