पोखरा चेम्बर अफ कमर्समा सम्मान
पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले उत्कृष्ट कार्यसम्पादन गर्ने ९ उद्योगी तथा विधागत रुपमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गर्न लागेको छ ।
चेम्बरले चौथो वार्षिक साधारण सभाको अवसरमा सचिवालय व्यवस्थापन, उत्कृष्ट कार्य समिति, विभिन्न विभाग तथा उपसमिति, पर्यटन, महिला चेम्बर, आर्थिक व्यवस्थापनमा योगदान गर्नेलाई सम्मान गर्न लागेको अध्यक्ष यमनाथ पौडेलले जानकारी दिए ।
साधारण सभामा संस्थाका महासचिव नवराज आचार्यले प्रगति प्रतिवेदन, कार्यवहाक अध्यक्ष कल्पना खतिवडा तिमिल्सिनाले आर्थिक प्रतिवेदनको अलवा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्ल साधारण सभा उद्घाटन गर्ने कार्यक्रम संयोजक तथा उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपालीले जानकारी दिए । पोखरा १२ को कार्कीडाँडामा हुने समारोहमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।









‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया