पोखरा घुम्न आएका कोरियन बाबुछोराको निधन

पोखरा ।
आइतबार बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा पर्यो । यो विमानमा चार चालक दलका सदस्यसहित ६८ यात्रु थिए । ५३ नेपाली र १५ विदेशी नागरिकले यात्रा गरिरहेको विमानमा २ दक्षिण कोरियन नागरिकसमेत थिए ।
१४ वर्षका बालक यु स्याङ्याङ र ४५ वर्षका उनका बुवा यु योङचोएल आइतबार बिहानमात्रै नेपाल आएका थिए । बिहान ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका कोरियन बाबुछोरा त्यसलगत्तै पोखरा उडेका थिए ।
१०ः३२ बजे यती एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू गन्तव्य नपुग्दै सेतीको खोंचमा विलय भए । १०ः ५० मा सेती खोंचबाट टावरसँग सम्पर्कमा आएको विमान त्यसपछि सम्पर्कविच्छेद भएको थियो । लगत्तै ठूलो आवाजसहित विमान खोंचमा खस्यो । विमान दुर्घटनामा परेपछि आगोको मुस्लो देखियो ।
उनीहरू पर्यटकीय सहर पोखरासँगै अन्य क्षेत्रमा घुमघामको योजना बनाएर नेपाल आएका थिए । उनीहरुसँगै विमानमा ५ भारतीय, ४ रसियन, १ अर्जेन्टेनी, १ अस्ट्रेलियन, १ आइरिस र १ फ्रान्सेली नागरिकसवार थिए।
दुर्घटनालगत्तै उद्धारकार्य थालिए पनि दुर्घटनास्थल खोंच भएकाले ढिलो गरीमात्र उद्धार कार्य भयो । दुर्घटनामा भेटिएकाहरुको शव गण्डकी अस्पतालमा पुर्याइएको छ । केहीको शव पहिचान भएको छ भने धेरै जसोको अनुहार चिन्न सकिने अवस्था छैन ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ अर्थात पुस १७ गतेमात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । विमानस्थलको उद्घाटनसँगै अहिले पर्यटकीय चहलपहलको सिजन भएकाले पनि पोखरा जानेको संख्या बढ्दै गएको छ । यो दुर्घटनाले फेरि नेपालको हवाइ यात्रा सुरक्षित नभएको सन्देश दिएको हवाइ विज्ञहरू बताउँछन् ।
विमानस्थल उद्घाटनअघि आइतबार दुर्घटनामा परेकै जहाजले डेमो उडान गरेको थियो । उही पाइलट केसीले विमान उडाएका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया