पोखरेली धुर्मुस र माग्नेबुढाले हसाए

समाधान संवाददाता २०७९ माघ ५ गते १०:५४

पोखरा ।
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकलाई नचाए भने हास्यव्यङ्ग्यमार्फत पोखरेली माग्ने बुढा र धुर्मुसले दर्शकलाई हसाएका छन । बद्रीले आफ्नो एकल प्रस्तुतिबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Advertisement

महोत्सवमा बद्रीसँगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुतिमार्फत दर्शकले मनोरञ्जन लिएका थिए भने साँझको लाइभ कन्सर्ट तर्फ एएसएमको प्रस्तुती रह्यो ।

युनाइटेड क्लबले आयोजना गरेको ११ औं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकको उल्लेख्य सहभागिता रहेको महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निशुल्क रुपमा चिडियाखान जाने बसको व्यवस्था, स्वास्थ्य उपचार लगायतका सुविधासँगै विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था छ।

Advertisement

महोत्सवको नवौं दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर, जीवन दाहाल, शिवहरि ढुंगाना, शंकर पन्त, सीता परियार, पूजा तामाङ, तुलसा जिसी, माधव चापागाई, नेत्र खड्का लगायतको प्रस्तुति रहनेछ । साँझको लाइभ कन्सर्टतर्फ सविन राई एन्ड फेरोहको प्रस्तुति रहने कलाकार व्यवस्थापन संयोजक लोकबहादुर थापाले जानकारी दिए ।

महोत्सव करिब १ लाखले प्रत्यक्ष अवलोकन गरेका छन् भने करिब ४ करोडको कारोबार भएको अर्थ संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया