पोखरा फाइनान्स अध्यक्षको सपथ

पोखरा ।
पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको ५ सय १५ औं बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका डा. दीर्घमान गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय, पोखरामा नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले वित्तीय संस्था तथा नवनियुक्त अध्यक्षका बारेमा संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक डा. रामशरण खरेलले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिए । उनले नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना तथा संस्थागत सुशासनका बारेमा प्रकाश पारेका थिए ।
नवनियुक्त अध्यक्ष गुरुङले पोखरा फाइनान्स लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिवद्धतासमेत जनाए ।
तपाईको प्रतिक्रिया