ट्रेड युनियन समन्वय केन्द्रमा रुद्र

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) गण्डकी प्रदेश समन्वय समितिको संयोजकको जिम्मेवारी पाएका छन् । यसभन्दा अगाडि जेटियुसिसीको संयोजकमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा थिए ।
जेटियुसीसीका महासचिव चिरागमानसिंह कुँवरले केन्द्रको उद्देश्यलाई प्रादेशिक तहमा समन्वयात्मक ढंगले काम गर्नका लागि आलोपालो प्रणाली अनुसार १ वर्षका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको जानकारी दिए ।
‘केन्द्रको विधानको धारा २३ (३)ले दिएको अधिकार प्रयोग गरी निर्माण गरिएको प्रदेश समन्वय समिति सञ्चालन कार्यविधि २०७६ बमोजिम सबै प्रदेशमा नयाँ संयोजक तोकिएको छ,’ महासचिव कुँवरले भने, ‘जेटियुसीसीमा आवद्ध महासंघहरुको प्रदेश समितिसँगको सहकार्य गरी प्रदेश स्तरमा श्रमिकका सवालमा संयुक्त गतिविधि प्रभावकारी रुपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।’ उनले जेटियुसिसीले प्रत्येक अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नयाँ नेतृत्व चयन गरी कार्य सम्पादन गर्ने जानकारी दिए ।
केन्द्रमा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)का राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष चयन भएका छन् । जेटियुसिसी १ नम्बर प्रदेश संयोजक किशोर धमला, मधेस प्रदेशको संयोजक कमलेस झा, वागमती प्रदेशको संयोजक रामहरि नेपाल, लुम्बिनी प्रदेशको संयोजक हुमाकान्त काफ्ले, कर्णाली प्रदेशको संयोजक तेज जिसी र सुदुर पश्चिम प्रदेशको संयोजक जीत मल्ल छन् ।
जेटियुसिसी नेपाली श्रमिक वर्गको साझा मञ्च हो । केन्द्रले आबद्ध १० मान्यता प्राप्त राष्ट्रिय ट्रेड युनियन केन्द्रहरूको समन्वय संयन्त्रको रूपमा काम गर्दछ । श्रम कानुन, न्यूनतम पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा र रोजगारदातासँग सम्बन्धित सबै नीतिगत मुद्दा जेटियुसिसी संयन्त्रमार्फत निर्णय गरी सम्बन्धित निकायमा सुझाव, लबिङ तथा परामर्श गर्ने महासचिव कुँवरले जानकारी दिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया