सिद्धेश्वर महिला समूहमा कमला

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ११ स्थित सिद्धेश्वर महिला समूहको अध्यक्षमा कमला अधिकारी बास्तोला निर्वाचित भएकी छन् । समूहको २० औं साधारणसभा तथा नवौं अधिवेशनले बास्तोलालाई २ वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो ।
समूहको उपाध्यक्षमा दुर्गा बास्तोला, सचिवमा जमुना बास्तोला, कोषाध्यक्षमा रजनी पौडेल बास्तोला र सहसचिवमा मञ्जु अधिकारी निर्वाचित भए । सदस्यमा विद्या बास्तोला, सरिता अधिकारी, सावित्री बास्तोला, रजनी बास्तोला, लक्ष्मी बास्तोला, गीता बास्तोला, भगवती आचार्य, भगवती चिलवाल, पार्वती बास्तोला, सीता बास्तोला, हरिमाया बास्तोला र वसुन्धरा बास्तोला छन ।
अधिकृत नन्दप्रसाद आचार्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । सभामा पोखरा ११ का वडाध्यक्ष प्रेम कर्माचार्यले महिला समूहले समाज र महिला हक अधिकार, जनचेतना र महिलामा जागरणका लागि महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले महिलाको सबलीकरण र सशक्तीकरणको सवालमा संस्थाले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यले निरन्तरता पाउनेमा विश्वस्त रहेको बताए ।
समूहकी अध्यक्ष उमा बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा वडा सदस्य सुशील बास्तोला र रनसुवा गुरूङ, समूहकी संस्थापक अध्यक्ष शारदा बास्तोला, पूर्व अध्यक्ष रेवती बास्तोला, फूलवारी क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोला। उपाध्यक्ष कमला अधिकारी बास्तोला, सचिव दुर्गा बास्तोला लगायतले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया