कास्कीकोटमा भोली निशुल्क स्वास्थ्य शिविर हुने

समाधान संवाददाता २०७९ माघ ६ गते १२:४१

पोखरा ।
हाम्रो कास्कीकोट युवा सञ्जालले (भोली) शनिबार कास्कीकोटमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । काठमाडौंको वीर र सिभिल हस्पिटल, पोखराको मनिपाल र गण्डकी हस्पिटलको सहकार्यमा शिविर हुन लागेको हो ।

शिविरमा निशुल्क स्वास्थ्य परिक्षणका साथै निशुल्क औसधि वितरण गरिने युवा सञ्जालका स्वास्थ्य सल्लाहकार एवं शिविरका संयोजक डा दिपक मल्लले जानकारी दिए ।

मधुमेह, ब्लड प्रेसर, थाइराइड, बाल रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नसा रोगको साथै दन्त परिक्षण एवं परामर्श दिइने उनले बताए । पोखरा—२४ कास्कीकोट, सराङकोट, हेम्जाका, अन्नपूर्ण गाउँपालिकाका, ढिकुरपोखरी लगायतका ठाउँका स्थानीयको सहभागी रहने अनुमान गरिएको आयोजकको भनाइ छ ।

Advertisement

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बसन्त आधारभुत विद्यालयमा सञ्चालन हुने शिविरमा सहभागी हुन पामे लौरुकदेखि बसको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया