दर्शन सहकारी १३ वर्षमा

पोखरा ।
दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड१३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १३ औं स्थापना दिवस आइतबार मनाएको हो । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले गौरवलाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।
कार्यसमितिलाई आआफ्नो जिम्मेवारी बहन गर्न उनले अनुरोध गरे । शाहीले सहकारीलाई राज्यले समेत महत्वपूर्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
ठकुरी महासघंका केन्द्रीय अध्यक्ष तथा दर्शन सहकारीका संस्थापक अध्यक्ष खिमबहादुर शाहीले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लैजाने सोचले सहकारी स्थापना गरिएको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार खड्गबहादुर शाही, ठकुरी संगम परिवार कास्कीका वरिष्ठ उपाध्यक्ष यामबहादुर हमाल, संस्थापक प्रबन्धक रवीन्द्रबिक्रम चन्द, उपाध्यक्ष राजाराम शाही र सचिव ज्योति हमाल लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष विष्णुकुमारी उच्चैको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्रबन्धक रवीन्द्रबिक्रम चन्दलाई सम्मान गरिएको थियो ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया