गण्डकी मुख्यमन्त्रीकाे प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त

समाधान संवाददाता २०७९ फागुन ८ गते १४:३०

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् । २०६८ सालदेखि पत्रकारिता शुरु गरेका घिमिरेले पोखरामा रहि सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

Advertisement

पोखराको रेडियो बाराही, मेन समाचार, ताण्डव न्युज हुँदै पछिल्लो समय गन्थन डटकममा समाचार संयोजकको रुपमा आवद्ध थिए । घिमिरेले आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण गरेका छन् ।

तपाईको प्रतिक्रिया