हिल प्वाइन्ट माविमा पुरस्कार वितरण
पोखरा ।
हिल प्वाइन्ट माविले सोमबार शैक्षिक, खेलकुद प्रतियोगिता एवं अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेस्ट टिचर अवार्ड नेपाली शिक्षक गायत्री जोशीलाई प्रदान गरियो भने बेस्ट कक्षा डेकोरेसन पुरस्कार कक्षा शिक्षक शोभा लामिछाने, सुनमाया गुरुङ र संगीता भुसालले पाए ।
कार्यक्रममा २०७८ मा एसइई दिएका विद्यार्थीलाई मायाको चिनो र उत्कृष्ट जिपिए प्राप्त गर्न सफल हेमा गुरुङलाई नगद ५ हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न सांस्कृतिक एवं सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पोखरा महानगर शिक्षा शाखाका वरिष्ठ अधिकृत बद्री सुवेदी, विद्यालयका सहप्राचार्य गंगाराम पौडेल, हेड गर्ल रिसिका बसेल, समाजसेवी दीवाकर बास्तोला, ऋषभ बास्तोला, गायत्री जोशी, कपिल अधिकारी, संगीता भुसाल लगायतले बोलेका थिए ।
कार्यक्रममा प्राचार्य दिवाकर जैसीले राष्ट्रका कर्णधार विद्यार्थीका लागि विद्यालय नयाँ प्रविधि र विषय ल्याएर गुणस्तरीय शिक्षा दिन सदा प्रतिवद्ध रहेको जनाए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया