नेकपा (बहुमत)ले २ पार्टीसँग एकता गर्ने

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले नेकपा क्रान्तिकारी माओवादी र नेकपा मशालसँग एकता प्रक्रियाअघि बढाउने भएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिको पोखरामा भएको चौथो पूर्ण बैठकले यस्तो निर्णय लिएको हो ।
फागुन १४ देखि १८ सम्म बसेको बैठकले नेपाली समाजको आमूल रूपान्तरणका लागि नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति गर्ने उद्देश्यका साथ नेपालका क्रान्तिकारी पार्टीहरूसँग पार्टी एकता, ध्रुवीकरण र कार्यगत एकतालाई अख्तियार गर्ने निर्णय लिएको छ ।
क्रान्तिकारी माओवादी र मशालसँग पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिले तयार गरेको मस्यौदामा छलफल गरी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने निर्णय बैठकले लिएको छ ।
नेकपा बहुमतले लघुवित्त, मिटरब्याज जस्ता चरम शोषण, उत्पीडन अन्त्य गर्न सम्पूर्ण लघुवित्तीय संस्थाको खारेजी, जनताको लगानी फिर्ता र ऋण मिनाह गराउन जनसंघर्ष गर्ने जनाएको छ । यस्तै, सबै वाणिज्य बैंकबाट जनतामा ऋण दिँदा ब्याज ५ प्रतिशतमा नबढाउने व्यवस्था गर्न राज्यसँग माग गरेको हो ।
बैठकपछि पार्टी संयोजक कञ्चनद्वारा जारी प्रेस विज्ञप्तिमा बन्द गरिएका भृकुटी कागज कारखाना, चिनी कारखाना, धागो कारखाना लगायतका सम्पूर्ण राष्ट्रिय उद्योग सञ्चालन गर्न आन्दोलन गर्ने र किसानका लागि आवश्यक मल उत्पादन गर्न मल कारखाना लगायत हरेक पालिकामा एक–एक सरकारी उद्योग सञ्चालन गर्न सरकारलाई दबाब दिने निर्णय भएको उल्लेख छ ।
शिक्षा र स्वास्थ्यमाथि हुँदै आएको व्यापारीकरणको अन्त्य गरी आम जनताको शिक्षा र स्वास्थ्यका लागि निःशुल्क व्यवस्थाका लागि संघर्ष गर्ने पार्टीको निर्णय छ । यसअघि सरकारसँग भएको ३ बुँदे सहमति गरेको तीन वर्ष पुग्दा पनि झुट्टा मुद्दामा बन्दी बनाइएका नेता तथा कार्यकर्तालाई नछाड्ने सरकारी रवैयाको भत्र्सना गर्दै सम्पूर्ण राजबन्दीको यथाशीघ्र रिहाइका लागि संघर्ष गर्ने निर्णय बैठकले गरेको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया