अनन्ता सामुदायिक समितिको रजत महोत्सव
पोखरा ।
पोखरा–२, विन्ध्यवासिनी स्थित अनन्ता सामुदायिक सेवा समितिले मिति फागुन १३ गते संस्था स्थापनाको पच्चीसौं वर्ष पूरा गरी छब्बीसौं वर्ष प्रवेशको सुखद अवसरमा रजत महोत्सव तथा पच्चीसौं वार्षिक साधारण सभा एवं विविध क्षेत्र सम्बद्ध व्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संस्था २६ वर्ष पुगेकोमा उत्तरोत्तर प्रगतिको शुभकामना दिए । उनले संस्थाको प्रशंसा गरे । यसैगरी पोखरा वडा नम्बर २ का वडा अध्यक्ष दिवसमान प्रधानांगले संस्थाका हरेक क्रियाकलापहरुमा हातेमालो गर्दै अघि बढ्ने बताए ।
अर्का विशेष अतिथि पोखरा वडा नम्बर १८ का वडा प्रमुख शिवप्रसाद तिमिल्सिनाले आवश्यक परेको खण्डमा प्रशासनिक लगायत जुनसुकै परिस्थितिमा साथ दिने वचनवद्धता व्यक्त गरिन् । यसैगरि उक्त अवसरमा संस्थाका ज्येष्ठ सदस्य लक्ष्मी सुवेदी, पूर्व अध्यक्ष शर्मिला रेग्मी, वडा ज्येष्ठ नागरिक (महिला) भीमकुमारी राणालाई सम्मान गरिएको थियो ।
रजत महोत्सवको पूर्व सन्ध्यामा फागुन ९ गते आयोजना गरिएको कविता प्रतियोगिता तथा खेलकुद कार्यक्रमका विजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो । सदस्य सावित्री पराजुलीद्वारा ‘आमा’ शीर्षकमा रचित कविता उत्कृष्ट भएको थियो ।
भवन निर्माणका लागि अर्थ संकलन समितिका संयोजक हेमराज रेग्मी, पूर्वअध्यक्ष एवं वडा नंं २ का वडा महिला सदस्य गोमा सुवेदी पूर्व अध्यक्ष एवं भवन सञ्चालक समिति संयोजक माया सुवेदी, सचिव वैकुण्ठरमण पराजुली लगायतले आफ्नो भनाइहरु राखेका थिए ।
संस्थाका अध्यक्ष कमला पराजुलीले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । संस्थाकी उपाध्यक्ष सरिता सुवेदीले स्वागत गरेकी थिइन् । संस्थापक अध्यक्ष एवं पोखरा विश्वविद्यालय सभा सदस्य सुशीला पराजुलीले संस्थाको संक्षिप्त परिचय दिएकी थिइन् ।
६० जना संस्थापक सदस्यहरु तथा २०७८ सालको एसइई परीक्षा उत्तीर्ण ९ जना सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रमको संयोजन सदस्य श्री विन्दु पराजुलीले गरेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव हिमादेवी बराल रेग्मीले गरेकी थिइन् ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया