अभियान पुरुष भलिबल प्रतियाेगिता जेठ १६ देखि १८ सम्म

समाधान संवाददाता २०७६ जेठ ३ गते १४:४०

समाधान संवाददाता
पोखरा

अभियान पुरुष भलिबल प्रतियोगिताको तेस्रो शृङ्खला जेठ १६ देखि १८ गतेसम्म हुने भएको छ । पोखरा ५ को मालेपाटन खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने अभियान युवा क्लबको आयोजनामा क्लब तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता तयारी तीव्र पारिएकोे प्रतियोगिताका संयोजक धर्मेन्द्र घर्तीले जानकारी दिए । विगतका वर्षमा पनि उल्लेख्य सहभागिता हित भएको बताउँदै यो पटक पनि भव्य,सभ्य र सफल बनाउन क्लबका अध्यक्ष मोहनबहादुर केसीले आग्रह गरे ।

Advertisement

प्रतियोगितामा विजेताले ५० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो हुनेले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केसीले जानकारी दिए । यस्तै बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट प्लेएर, बेस्ट सर्भर विधामा पनि ट्रफी, प्रमाणपत्र दिइने र अनुशासित टिमलाई प्रशंसा पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

विगत १३ वर्षदेखि क्लबले खेलकुद, स्वास्थ्य, वातावरण तथा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया