पोखरा स्पोर्टस् अवार्ड जेठ २४ मा हुने

समाधान संवादादता
पोखरा
टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड चौंथो संस्करण जेठ २४ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्डमा ८ विधाका खेलाडीलाई सम्मान गरिनेछ । यसपटकको अवार्डमा पपुलर प्लेयर अवार्ड थप गरिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । पपुलर अवार्डका लागि एसएमएसको आधारमा खेलाडी छनोट हुने गिरीको भनाइ छ ।
स्पोर्टस् अवार्डमा बतास ब्रदर्स प्रालिले मञ्चको तर्फबाट लाग्ने कर छुट गर्ने बतास ब्रदर्सका सेल्स प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । पहिलो सम्झौतामा ७५ प्रतिशत छुट गरिएको पोख्रेलको भनाइ छ ।
अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डतर्फ चाँदी जडित ट्रफी, ताम्रपत्र, वर्ष खेलाडी पुरुष अवार्डतर्फ टिभिएस अपाचे मोटरसाइकल, वर्ष खेलाडी महिला अवार्डतर्फ विगो स्कुटर, वर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, वर्ष पपुलर प्लेयर अवार्डतर्फ १५ हजार, वर्ष उत्कृष्ट खेल संस्था अवार्डतर्फ १० हजार साथमा ट्रफी र दोसल्ला प्रदान गरिने टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डका संयोजक विजय नेपालले बताए । अवार्डको लागि १६ लाख ७५ खर्च लाग्ने आयोजकले जनाएको छ ।
खेलकुद पत्रकार मञ्चले अवार्डलाई प्रभावकारी बनाउन १२ उपसमिति गठन गरेको छ । खेलतर्फ उत्कृष्ट ३ मनोयन र पत्रकार अवार्डका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ । अवार्डमा लामो समयसम्म खेलकुदमा कलम चलाएका १ पत्रकारलाई पनि सम्मान गरिनेछ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया