प्यासिफिक एसिया ट्राभल एसोसिएसनको सम्मेलन पोखरामा हुने

पोखरा ।
एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र मार्ट आउँदो जेठ १५ देखि असार १६ गते सम्म पोखरामा हुने भएको छ ।
पाटाले आफ्नो वेबसाइटमा पोखरामा हुने सम्मेलनको जानकारी सार्वजनिक गरेको छ । सम्मेलनमा भाग लिन आह्वान गर्दै उनले आवेदन पनि व्यवसायीहरुसँग मागेको छ । सम्मेलनमा क्रेता, बिक्रेता र प्रतिनिधिका रुपमा सहभागी हुन चाहनेले आवेदन गर्न सक्छन् । पाटाले वेबसाइटमा पोखराका बारेमा पनि जानकारी राखेको छ ।
फरकफरक ठाउँमा हुने पाटा सम्मेलन यस वर्ष पोखरामा हुन लागेको हो । नेपालमा यो सम्मेलन पहिलोपटक हुन लागेको हो ।
वार्षिक सम्मेलन नेपालमै पहिलोपटक हुन थालेको पाटाका अन्तर्राष्ट्रिय सदस्य तथा पर्यटन व्यवसायी टीकाराम सापकोटाले बताए । उनका अनुसार सम्मेलनमा विश्वभरका पर्यटनसम्बन्द्ध व्यवसायी, विज्ञ, संघसंस्था सहभागी हुन्छन् ।
पोखरामा हुने सम्मेलनमा पाटा कार्यसमिति, बोर्ड सदस्य, सल्लाहकार लगायत सहभागी हुनेछन् । सम्मेलनमा यस वर्षको विषय उदीयमान उद्यम, हवाई सुरक्षा र सञ्चालन, पर्यटन गन्तव्इ, समुदाय आधारित र ग्रामीण पर्यटन र जोखिम व्यवस्थापन र ग्राहक सेवा लगायत छ ।
उक्त समेलनमा ४ सय अन्तर्राष्ट्रिय पाहुना आउने सापकोटाले जानकारी दिए । सापकोटाले भने, ‘बजारीकरणमा यस्तो सम्मेलनको विशेष महत्व राख्छ ।’ पर्यटनसँग सम्बन्धित विज्ञसहित ट्राभल तथा टुर अपरेटर सहभागी हुनेछन् ।
सम्मेलनमा सामूहिक र भिन्दाभिन्दै छलफल हुनेछ । त्यसबाहेक विभिन्न सत्रमा विज्ञहरुले कार्यपत्र प्रस्तुत हुन्छ । संसारभरका टुर अपरेटर्सलाई पोखरामा भिœयाउने गतिलो माध्यम बनेको उनले बताए ।
सम्मेलनले पर्यटन क्षेत्रका लागि विशोष अर्थ राख्ने पर्यटनकर्मी बताउँछन् । पोखरा र आसपासका पर्यटकीय गन्तव्यबारे विश्वको पर्यटन बजारमा चिनाउने महत्वपूर्ण मौका पनि यो सम्मेलन हो ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया