३६ गोल गरेपछि मेस्सीलाई पिचिची अवार्ड

समाधान संवाददाता २०७६ जेठ ६ गते ८:५३

एजेन्सी

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची अवार्ड जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले अवार्ड जितेका हुन् । मेस्सीले यस सिजन ला लिगामा ३६ गोल गरेका छन् ।

यो मेस्सीको छैटौं पिचिची अवार्ड हो । मेस्सीले एथ्लेटिको मड्रिडका लिजेण्ड टेल्मो जाराले ६६ वर्षअगाडी बनाएको कीर्तिमान पनि बराबरी गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया