नयाँ हेलिकोप्टर किन्दै सिम्रिक

काठमाडौं ।
सिम्रिक हेलिकोप्टरले बेल ५०५ मोडलको जेट रेन्जर–एक्स सिरिजको हेलिकोप्टर सञ्चालन गर्ने भएको छ । नेपालमा यो हेलिकोप्टर पहिलो पटक आउन लागेको हो । कम्पनीले ४ वर्षअघि नै २ हेलिकोप्टर ल्याएर चलाउने व्यवसायिक योजना अगाडि बढाएको थियो । कम्पनी प्रवक्ता करुणा थापाका अनुसार जेट रेन्जर एक्स हेलिकोप्टरमार्फत डेढ महिनाभित्रै सेवा सुरु गरिनेछ ।
‘कम्पनीको योजना कोभिड कारण रोकिएको थियो । व्यवसायिक योजना अहिले अगाडि बढाएका हौं,’ उनले भनिन्, ‘अहिले अवस्था सामान्य हुँद छ । हामी सुरुमा एउटा हेलिकोप्टर ल्याउँछौं ।’ यो हेलिकोप्टर लिन कम्पनीका पाइलट र प्राविधिक सोमबार नै सिंगापुर गएका छन् ।
हाल उडान सञ्चालन गर्दै आएको एयरबसको हेलिकोप्टरका तुलनामा रेन्जर एक्स नेपाली आकाशका लागि नयाँ हुनुका साथै उद्धारको काम थप सहज हुने कम्पनीको दाबी छ । हाल यो सिरिजको हेलिकोप्टरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १६ करोड रुपैयाँ छ ।
हाल सिम्रिकले एउटा ६ सिटे बेल–४०७ र तीन वटा पाँच सिटे एयरबस एच–१२५ सिरिज गरी चार हेलिकोप्टरमार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ । चालकसहित पाँचवटा सिट क्षमताको हेलिकोप्टरको ककपिटमा पूर्णरूपमा डिजिटल संयन्त्र जडान गरिएको उनको भनाइ छ ।
ल्याउन लागेको हेलिकोप्टर अत्याधुनिक प्रविधियुक्त हुनेछ । ककपिटदेखि पाइलटलाई आवश्यक जानकारी सम्प्रेषणका लागि डिजिटल प्रविधिको सुविधा छ । जेट रेन्जर–एक्स सिरिजको हेलिकोप्टर खरिद गर्ने भएपछि कम्पनीले ४ वर्षअघि नै परीक्षण उडान गर्न लगाइसकेको छ ।
हेलिकोप्टरमा २० हजार मिटर उचाइसम्म उडान गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ । एउटा बेल रेन्जर थपिएलगत्तै कम्पनीका हेलिकोप्टर संख्या ५ पुग्नेछ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया