गण्डकी सरकारबाट बाहिरीयाे माओवादी

पोखरा ।
गण्डकीमा नयाँ सरकार गठनबारे निर्णय लिन कांग्रेस-माओवादीको संयुक्त बैठक बसेको छ । शुक्रबार केन्द्रबाट सर्कुलर जारी भएसँगै माओवादीले आजै सरकार छोड्ने तयारी गरेको छ । शुक्रबार बिहान ११ बजेदेखि बसेको माओवादी संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरेको माओवादी स्रोत बताउँछन् ।
गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।
पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।
सरकार गठन, भागभण्डा र विशेष अधिवेशन बोलाउने विषयमा बैठक बसेको कांग्रेसका एक सांसदले बताए ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया