जिफन्ट प्रदेश युवा कमिटीमा सिंह

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रथम गण्डकी प्रदेश युवा अधिवेशन शनिबार भएको छ । अधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि अध्यक्ष अनिलकुमार सिंहको नेतृत्वमा १२ सदस्यीय प्रदेश युवा कमिटी निर्माण गरेको छ ।
उपाध्यक्ष नेत्रबहादुर मगर, सचिव मनिषा नेपाली, सहसचिव मनु राई छन् । कार्यसमितिको सदस्यमा भीमबहादुर गुरुङ, नरबहादुर किसान, सविता परियार, उत्तरबहादुर मगर, विष्णुप्रसाद सुवेदी, गोपाल मगर, बामदेव भण्डारी र सन्तोषबाबु सिंह रहेको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले राजनीतिक चेतना सहित युवाहरु ट्रेड युनियन आन्दोलनमा सामेल हुनु पर्ने बताए । उनले स्वदेशमै रोजगारीको सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पर्ने उल्लेख गरे ।
जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष खत्रीले जिफन्टको मर्यादित कामको लागि अभियान २०७९ अन्तर्गत अधिवेशन, बैठक भेला गरेको जानकारी दिए । कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका अध्यक्ष बिकी श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर केसी लगायतले बोलेका थिए ।
जिफन्ट गण्डकी प्रदेश महिला कमिटी अध्यक्ष संगीता पाण्डे, जिफन्ट गण्डकी प्रदेश युवा कमिटीका अध्यक्ष तीर्थराज मगर उपाध्यक्ष धीरज गुरुङ, सचिव निराजन सिंह लगायतले ट्रेड युनियन आन्दोलनमा युवाको भूमिकाको बारेमा बोलेका थिए ।
‘श्रमजीवि वर्गको सम्मान र समृद्धिको लागि सुदृढ एवं परिपूर्ण लोकतन्त्र’ भन्ने नाराका साथ अधिवेशन भएको हो ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया