रामपुर सहकारीका सदस्य पाल्पा हाउसमा

पोखरा ।
पोखरामा आएको रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको टोलीले पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसँग छलफल गरेको छ । कार्यक्रममा पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले २०७६ सालमा स्थापना भएको सहकारी प्रारम्भिक चरणमा रहेको बताए ।
उनले सहकारीले पोखरा १५ मा कृषि फारम खोलेको जानकारी दिए । रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले २०६५ सालमा सबभन्दा पहिला मर्जको नीति लिएर अर्को सहकारीसँग मर्ज गरी कारोबार बढाएको उल्लेख गरे ।
उनले सहकारीका सञ्चालक सेयर सदस्यको ज्ञान सीप र क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन भ्रमण गरेको जानकारी दिए । उनले ४ हजार २ सय ७७ सेयर सदस्य रहेको सहकारीले ५५ करोड ४० लाख कारोबार गरेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य राजु श्रेष्ठले पोखरालाई कर्मथलो बनाएका पाल्पालीले नेपाली परिवेश अनुसारको सामाजिक सेवाका अलवा व्यावसायिक बन्ने प्रयास गरेको बताए । ‘पोखरामा बसेर पाल्पाको पर्यटन प्रवद्र्धन, सामाजिक, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा राम्रो काम भएको छ,’ उनले भने, ‘जन्मस्थान र कर्मस्थान दुबैलाई जोडेर पर्यटकीय विकासका लागि गतिविधि अगाडि बढाइएको छ ।’ उनले पाल्पा मुल घर भई गण्डकी प्रदेशमा पेशा, व्यवसाय गर्नेले लुम्बिनी प्रदेशको गरिमा बढाउने काम गरेको दाबी गरे ।
सहकारीका निवर्तमान अध्यक्ष तथा पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले प्रेमको प्रतीक रानीमहलको स्वरुपमा खोलिएको पाल्पा हाउसलाई गण्डकी र लुम्बिनीको प्रेमको प्रतीकको रुपमा विकास गर्न सहयोग गर्न आग्रह गरे ।
सहकारीका सचिव तथा पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापाले कृषि र पर्यटनलाई जोडेर व्यवसाय गरेको खण्डमा जीविकोपार्जन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सकिने बताए ।
कार्यक्रममा पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष बालचन्द्र परियार, महासचिव केशव नेपालले सहकारीका समस्याका बारेमा बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया