भुलभुला मेलामा फुटबल प्रतियोगिता

पोखरा ।
भुलभला मेलाको अवसरमा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । भुलभुला युवा क्लब पोखरा ३३ को आयोजना तथा पोखरा महानगरपालिका वडा न ३३ को आर्थिक व्यस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता चैत २६ देखि वैशाख १ गतेसम्म पोखरा ३३ उपल्लो पुडी खेल मैदानमा हुनेछ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र व्यावसायिक फुटबल खेलको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
खेलमा २ दर्जनभन्दा बढी टिमको सहभागिता रहने अपेक्षा प्रतियोगिताका संयोजक आशिक कुँवरले सुनाए । विजेता टिमले नगद ४० हजार र उपविजेताले नगद २५ हजारका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता खेलहरु नकाउटका आधारमा खेलाइनेछन् ।
प्रतियोगिताको तयारी सुरु भएको जनाउँदै आयोजकले टिम दर्ता गर्न आग्रह गरेको छ । चैत २६ गतेसम्ममा टिम दर्ता गर्ने समय छ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया