कांग्रेस त्यागेका स्वर्णिम वाग्ले तनहुँबाट चुनाव लड्दै !

समाधान संवाददाता २०७९ चैत १६ गते १७:५४

पाेखरा ।

नेपाली कांग्रेस त्यागेकाे घाेषणा गरेका युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले तनहुँ निर्बाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्बाचित भएपछि साे क्षेत्र खाली छ र निर्बाचन आयाेगले आगामी बैशाख १० मा निर्बाचन हुँदैछ ।

वाग्लेले पछिल्लाे १ हप्ता यता तनहुँका जनताकाे मुड बुझिरहेका छन् । उनी तनहुँ मै आएर पनि त्यहाँकाे अवस्ठा बुझेका थिए ।

Advertisement

कांग्रेसमा देउवा र आरजु गिराेहकाे पेलाई र हेपाईमा परेकाे भन्दै पार्टी त्यागेका वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उमेद्वार बनाउन चाहेकाे छ । तर वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीकाे सदस्यता लिएर उसकैकाे चुनाव चिन्हमा लड्ने कि रास्वपा लगायत अन्य पार्टीकाे समर्थनमा स्वतन्त्र उमेद्वार बन्ने भन्ने घाेषणा गरेका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी श्राेतले भने उनी रास्वपा कै चिन्ह लिएर चुनाव लड्ने दावी गर्याे । वाग्लेले रास्वपाबाट तनहुँमा चुनाव लड्ने भन्ने हल्लाकै बिचमा उनले कांग्रेस परित्याग गरेकेा घाेषणा गरेपछि साे हल्लालाई पुष्टी गरेकाे छ ।

Advertisement

वाग्लेले कांग्रेसमा आफुनिकट नेताहरुलाई पठाएकाे सन्देशमा बैशाखबाट राजनीतिकाे नयाँ यात्रा सुरु गर्ने जानकारी दिएका छन् । उनकाे नयाँ राजनीतिक यात्रा भनेकाे उपनिर्बाचन नै हाे ।

तनहुँ १ बाट नेपाली कांग्रेसले गाेविन्द भट्टराईलाई उमेद्वार बनाउने निर्णय गरेकेा छ । वाग्ले चुनाव लडेमा दुई जना पूर्व सहकर्मी बिचकाे भिडन्त राेचक हुनेछ । याे क्षेत्रबाट एमालेले कसलाई उमेद्वार बनाउने भन्ने अझै निर्णय गरेकाे छैन् ।

तपाईको प्रतिक्रिया