चार वर्षअघि भूकम्पले बन्द भएको ताताेपानी नाका

समाधान संवाददाता, काठमाडाैं
चार वर्षअघि भूकम्पले बन्द भएको चीनसँगको तातोपानी नाका आउने सातादेखि सुचारू भएको छ।
भूकम्पले क्षति पुर्याएका संरचनाहरूको पुनर्निर्माण सकिएकाले जेठ १५ देखि तातोपानी नाका सञ्चालनमा आउने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।
‘तातोपानी नाकाको पुनर्निर्माण सकिएको छ, अर्को सातादेखि सञ्चालनमा आउँछ,’ दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले भनिन्,‘सुरूमा यो नाकामा मालवाहक सवारीसाधन चल्नेछन्।’
उनले चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने स्पष्ट पारिन्।
‘भूकम्पपछिको पुनर्निर्माणमा यो महत्वपूर्ण उपलब्धि हो। तातोपानी नाका पुन: सञ्चालन भएसँगै नेपाल-चीनबीचको व्यापारमा वृद्धि हुनेछ,’ राजदुत यानछीले भनिन्।
उनले नेपाली पक्षले पनि आफ्नोतिर बाटोलगायत पूर्वाधारको राम्ररी मर्मतसम्भार गरेर नाका सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्।
२०७२ वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको थियो।
त्यसपछि रसुवाको केरूङ नाकाबाटमात्र चीनमा सामान आयात-निर्यात भइरहेको थियो।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया