पोखरा गौशालालाई सहयोग

पोखरा ।
नेपाल पशुपंछी, औषधी व्यवसायी संघ पोखरा शाखा तथा नेपाल पशुपंछी औषधी बिक्री प्रतिनिधी संघ पोखरा शाखाले संयुक्त रुपमा पोखरा गौशालालाई सहयोग गरेका छन् । स्थानीय गाईहरुको संरक्षण एंव सम्बर्धन अभियानमा सहयोग पुयाउने उद्देश्यले पशु औषधी, दाना चोकर साथै करिब ७६ हजार सहयोग गरिएको हो ।
गौशालाका परिकल्पनाकार तथा संस्थाका अध्यक्ष नरेन्द्र कुँवर र ललित कुँव लाई बुधबार सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संयोजन नेपाल पशुपंछी औषधी व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष निर्मलराज बरालले गरेका थिए भने कार्यक्रम सञ्चालन शाखा सचिव लिलामणी अधिकारीले गरेका थिए ।
नेपाल पशुपंछी औषधी व्यवसायी संघ पोखरा शाखाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १५ का वडाअध्यक्ष तोरण बानिया, संघका पूर्व केन्द्रिय अध्यक्ष प्रजापती बास्तोला, बजार प्रतिनिधी संघका अध्यक्ष विनय आचार्य, बजार प्रतिनिधि संघका निवर्तमान अध्यक्ष मनोज पन्तले बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया