ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निस्कासित, सांसद पद खारेजको निर्णय
समाधान संवाददाता
२०७९ चैत २९ गते १९:३४

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका अर्याललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।
सो पार्टीको आज चैत २९ गते बुधबार बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णयसमेत गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेकाे अडियाे सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका थिए ।
श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया