पोखरा बहुमुखी क्याम्पसकाे क्यालेण्डर सार्वजनिक

पोखरा ।
पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले बिहीबार नयाँ वर्ष २०८० को शैक्षिक क्यालेण्डर विमोचन गरेको छ । क्याम्पसले औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिभावक र विद्यार्थीबीच क्यालेण्डर विमोचनसहित नयाँ वर्षको शुभकामनासमेत बाँड्यो ।
‘हामी समस्त अभिभावक र विद्यार्थीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दछौं’ क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले भने ‘नयाँ वर्षले ल्याउने उमंग र उत्साहले शैक्षिक उन्नयनमासमेत सफलता हात पारोस् ।’
क्याम्पसले गूणस्तरीय शिक्षा र सामुदायिक योगदानमा भूमिका खेलिरहेको बताउँदै अध्यक्ष लालचनले विद्यार्थीमात्र हैन अभिभावको लगावले पनि शिक्षामा महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गरे ।
सोही अवसरमा क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थी, अभिभावक र प्राध्यापकबीच शुभकामना बाँड्दै सबैले आ–आफ्नो भूमिका व्यावसायिक र जिम्मेवार भई पुरा गनुपर्ने स्मरण गरिन् ।
‘जिम्मेवारी नै सफलताको मानक हो’ प्रमुख पराजुलीले भनिन् ‘नयाँ वर्षमा क्यालेण्डरमात्र फेरिने छैन, हाम्रो जिम्मेवारी र विद्यार्थीको कत्र्तव्य पनि फेरिनेछ, सबैलाई शुभकामना ।’
बिहानी सत्रमा स्नातकतहतर्फ व्यवस्थापन र मानविकीका कक्षाहरु सञ्चालन गरिरहेको क्याम्पसले आगामी सत्रबाट अन्य संकाय थप्ने जनाएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया