शिक्षक संघ गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद

समाधान संवाददाता २०८० वैशाख ३ गते १५:३९

पोखरा ।
नेपाल शिक्षक संघको गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी निर्वाचित भएका छन् । संघको अधिवेशनले सोमनाथ गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनमा ६ सय ७ मत खसेको थियो । गिरीले ३ सय ५ मत ल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी गोकर्णबहादुर बानियाँले २ सय ९८ मत पाएका थिए ।

Advertisement

वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निर्वाचित भएका छन् । प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन् ।

महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया