जानकी स्कुलको शैक्षिक पात्रो

पोखरा ।
जानकी माध्यमिक विद्यालय पोखरा १७ महतगौडाले आफ्नै शैक्षिक कार्यपात्रो सार्वजनिक गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लक्ष्यका साथ पात्रो प्रकाशन गरिएको हो ।
पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले कार्यपत्रो सार्वजनिक गरिन् । उनले सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न पात्रो कोसेढुँगा साबित हुने अपेक्षा गरिन् । राज्यको ठूलो लगानी भएको शिक्षा क्षेत्रले अपेक्षा अनुसारको परिणाम दिन नसकेको जनाउँदै उनले अब यसमा परिवर्तन जरुरी भएको औंल्याइन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख सोमनाथ भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन यातायातका साधन खरिद र दिवा खाजामा महानगरले समय सहयोग गर्ने जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वन विज्ञान संयोजक शंकरराज भण्डारी, प्रेमबहादुर थापा, शिक्षक तुलसी गिरी लगायतले बोलेका थिए । प्रधानाध्यापक अर्जुन कँडेलले कार्यपात्रोमा विद्यालयका अतिरिक्त क्रियाकलाप, परीक्षाको समय आदि उल्लेख भएको जनाए ।
स्कुलमा गत वर्ष ३ सय ५० विद्यार्थी रहेको जनाउँदै उनले यो वर्ष ४ सय पुर्याउने लक्ष्य सुनाए । कक्षा १० का विद्यार्थीलाई अतिरिक्त कक्षा, जुनसुकै तहका इच्छुक विद्यार्थीलाई संगीत प्रशिक्षणको व्यवस्था पनि विद्यालयले गरेको छ ।
यहाँ गण्डकी बहुप्राविधिक शिक्षालय अन्तर्गतको डप्लोमा इन फरेस्टी कार्यक्रमसमेत सञ्चालनमा छ । पहिलो वर्ष यो कार्यक्रममा १४ विद्यार्थी भर्ना भएकोमा आगामी शैक्षिक सत्रदेखि ४० जनाको कोटा पूरा हुने गरी तयारी गरिएको प्रधानाध्यापक कँडेल बताउँछन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया