मर्यादित कामका लागि अभियान

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले मर्यादित कामका लागि अभियान योजना अनुसार परिणाममुखी भएको निष्कर्ष निकालेको छ । अभियानको समीक्षा तथा मई दिवस २०८० को तयारी कार्यक्रमले माघ, फागुन र चैत गरी ३ महिनासम्म चलाएको मर्यादित कामका लागि अभियान सफल भएको कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।
जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष जीतेन्द्र श्रेष्ठले अभियानको क्रममा संगठन विस्तार, भेला, प्रशिक्षण, अधिवेशन गरेको जानकारी दिए । ‘अभियान अन्तर्गत श्रमिकको न्यूनतम तलब, सुविधा, ज्याला बढाउन पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि पहल गरिएको छ,’ उनले भने, ‘अभियानका क्रममा पालिका स्तरमा श्रम डेस्क राख्न पहलसमेत भएको छ ।’
उनले अभियानले सदस्यता विस्तार, कमिटी परिचालन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बारेमा सचेतनामूलक कार्यक्रम गरेको बताए । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष खत्रीले अनौपचारिक, स्वरोजगारको कार्यविधिको बारेमा जानकारी गराउनुका साथै श्रम अडिटको अवस्था, श्रमिकको सूचीकरण, तलब तथा ज्याला वृद्धिका बारेमा श्रमिकलाई जानकारी दिएको अभियान योजना अनुसार सफल भएको दाबी गरे ।
भेलाले आगामी वैशाख १८ गते व्यापक श्रमिक परिचालन गरी मई दिवस मनाउने निर्णय गरेको जिफन्ट गण्डकी प्रदेशका उपाध्यक्ष लीलाबहादुर कार्कीले जानकारी दिए । जिफन्ट कार्यालय पृथ्वीचोकबाट श्रमिकको जुलुस निकाली सभा गर्नका लागि प्रदेश कमिटी अध्यक्ष खत्रीको संयोजकत्वमा ७५ सदस्यीय मुल आयोजक कमिटी गठन गरेको छ ।
कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका सचिव हरि कार्की, राष्ट्रिय कमिटी सदस्य पम्फा पहारी, गण्डकी प्रदेश कमिटी सचिव राजेन्द्रप्रसाद पौडेल, अभियानका संयोजकहरु क्रमशः लीलाबहादुर कार्की, अध्यक्ष विष्णुबहादुर खत्री क्षत्री, तीर्थराज मगर, निराजनबहादुर सिंहले अभियानको प्रतिवेदन पेश गरेका थिए ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया