मन्त्रालय नटुङ्ग्याएसम्म माओवादी सरकारमा नजाने
२ जना मन्त्री बनाउन मुख्यमन्त्री तयार, माओवादीकाे दावी ३ मन्त्रालय

पाेखरा ।
मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई समर्थन दिएकाे नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएकाे छ । यद्यपी मुख्यमन्त्री पाण्डेले विनाविभागीय मन्त्रालय लिएर भए पनि कम्तिमा १ जना माओवादी सांसदलाई सपथ खुवाउन प्रयास गरिरहेका छन् ।
३ वटा मन्त्रालय दावी गरिरहेकेा माओवादीले मन्त्रालयकाे संख्या र मन्त्रालयकाे जिम्मेवारी समेत बाँडफाँड हुनु पर्ने सर्त राखेकाे छ । याे बारेमा केन्द्रबाट पनि केही निर्देशन नआएकाे भन्दै आज सपथ नलिने भएका हुन् ।
मुख्यमन्त्री पाण्डे माओवादीले एमालेका खगराज अधिकारी नेतृत्वकाे सरकारमा जस्तै २ वटा मन्त्रालय दिने मनस्थितिमा रहेकाे श्राेतकाे दावी छ । अधिकारी नेतृत्वकै सरकारमा पाएका मन्त्रालय माओवादीलाई दिन उनी तयार छन् तर माओवादीले मानिरहेकाे छैन् ।
श्राेतका अनुसार अहिले पनि कुराकानी जारी छ । मुख्यमन्त्रीले प्रयास गरिरहनु भएकाे छ, माओवादीका साथीहरु तयार हुनु भैसकेकाे छैन, हेराैं १२ बजेसम्म के हुन्छ–एक सांसदले समाधानसँग भने ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया