बुद्ध एयरले ल्यायो नयाँ जहाज

काठमाडौं ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५ औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्याएर १ महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनिसस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर ७२ र ३ एटिआर ४२ जहाज छन् । यसअघि बुद्धसँग भएका २ बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचिएको थियो ।
नयाँ जहाज थपिएपछि हाल दैनिक २ उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा उडान थप्ने कम्पनीको योजना छ ।
संखुवासभाको तुम्लिङटारमा एटिआर ७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप १ नयाँ जहाज ल्याउनेसमेत जनाएको छ ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया