विद्यालय स्तरीय ब्याडमिन्टन २७ गतेबाट

पोखरा ।
पोखरामा दोस्रो संस्करणको विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतियोगिता वैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा ९ विधामा प्रतिस्पर्धा हुने मोहन भूगोल फाउन्डेसनका महासचिव वरदान लामाले बताए । निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तह स्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुनेछ । निम्न माध्यमिक तह स्तरीय छात्र छात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
माध्यमिक तह स्तरीय छात्र छात्रा सिंगल्स, कास्की जिल्लाको वडा स्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबसका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् ।
माध्यमिक तह स्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट १ खेलाडीले माउन्टेन बाइक पाउने छन् । ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्ने छन् ।
देशभरका उदीयमान प्रतिभालाई एकीकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने फाउन्डेसनका महासचिव लामाले जानकारी दिए । उदीयमान १२ वर्षदेखि ५५ वर्षमाथिका खेलाडी प्रतियोगितामा सहभागी हुने छन् । ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको अपेक्षा छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया