रतन पाण्डे स्कुलको वार्षिकोत्सव

पोखरा ।
रतन पाण्डे माध्यमिक विद्यालय पोखरा १३ आर्वाको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा नवनिर्मित भवनको उद्घाटन सोमबार भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगरपालिकाको अर्बौ रुपयाँ शिक्षा क्षेत्रमा लगानी भए पनि अपेक्षित प्रतिफल नआएको गुनासो गरे । उनले अब भने सरकारी विद्यालयले गति लिन थालेको आभास भएको सुनाए ।
प्रमुख आचार्यले विद्यालयको भौतिक संरचनामा महानगरपालिकाले आवश्यकता अनुसार लगानी गर्ने भन्दै शिक्षाको गुणस्तर उकास्न आग्रह गरे । अबको शिक्षा व्यावसायिक, प्रतिस्पर्धात्मक तथा प्रविधिमैत्री हुनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बराल, निवर्तमान वडाध्यक्ष दर्शन लामा, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम भुसाल, कोन सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेत, शिक्षक सावित्री कोइराला, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बराल लगायतले बोलेका थिए ।
रतन पाण्डे माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरदचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक डिल्लीराम बरालले वार्षिक प्रगति प्रतिवेदन पेश गरे ।
कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षक मीन केसी, वर्ष उत्कृष्ट विद्यार्थी अभिषेक बराल, वर्ष उत्कृष्ट अभिभावक गीता बराल, वर्ष उत्कृष्ट कर्मचारी सरस्वती देवकोटा तथा दीर्घ सेवा सम्मानबाट शिक्षक राधादेवी बराल र संगिता पोखरेललाईसम्मानित गरिएको छ ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया