म्याद नाघेको १४ लाखको बियर बरामद

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको एक कम्पनीबाट करिब १४ लाख रुपैयाँ बराबरको बियर बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा गएको अनुगमन टोलीले मंगलबार म्याद गुज्रेको बियर बरामद गरेको हो ।
पोखरा महानगरपालिका ५ पस्र्याङमा रहेको लाभाज इन्टरप्राइजेजबाट म्याद नाघेको १३ लाख ९८ हजार ५ सय ३० मूल्य बराबरको बडबाइजर बियर बरामद गरेको हो । पिकनिक गएको एक टोलीले लगेको बियरमा म्याद गुज्रिएको भेटेपछि सरकारी अधिकारीहरुलाई खबर गरेको थियो ।
त्यो टोलीले बियर डिपार्टमेन्ट स्टोरबाट लगेको बताइएको थियो । त्यहाँ कम्पनीबाट लिएको भनेपछि डिस्ट्रिब्युटरकहाँ नै अनुगमन टोली पुगेको हो । ‘एकजना कर्मचारीलाई सोध्दा उहाँले हामीले नलैजा भन्दाभन्दै लगेको भन्नुभयो,’ सहायक प्रजिअले ढकालले भने, ‘म्याद नाघेको ननाघेको सामान हेरियो, ६५० मिलिमिटरको ३१३ कार्टुन र ३३० मिलिमिटरको ६ कार्टुनको २९ हजार ४ सय ५० बोतल बियर म्याद नाघेको भेटियो ।’
बरामद गरिएको बियर आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरिने सहायक प्रजिअ ढकालले बताए । ‘नगरपालिकाको गाडीमार्फत सुरक्षा समितिको नियन्त्रणमा राख्छौं, भोलि (बुधबार) आमसञ्चारकर्मी साथीहरु, सरोकारवाला निकायसँगको छलफलपछि नष्ट गर्छौं,’ उनले भने, ‘जहाँ पाए त्यहीं नष्ट गर्ने कुरा पनि भएन, जहाँ उपयुक्त हुन्छ त्यहीँ लगेर नष्ट गर्छाैं ।’
म्याद गुज्रिएको बियर नष्ट गर्ने प्रक्रियामै रहँदा अनुगमन टोली आइपुगेको लाभाज इन्टरप्राइज एक प्रतिनिधिले बताए । ‘म्याद नाघेको बियर कम्पनीमार्फत नै नष्ट गर्ने प्रक्रियामा थियौं,’ उनले भने, ‘कम्पनीमार्फत गएकाले ढिला भएको हो, अनुगमन टोलीले बरामद गरेपछि छिटो नष्ट हुने भयो ।’









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया