जनज्योतिका पूर्वविद्यार्थी संगठित
पोखरा ।
जनज्योति माध्यमिक विद्यालय पोखरा २८ का पूर्व विद्यार्थीहरु संगठित भएका छन् । पूर्वविद्यार्थीको आइतबार भएको भेलाले कीर्तिवल्लभ त्रिपाठीको संयोजकत्वमा तदर्थ समिति सर्वसम्मत चुनेको छ ।
सहसंयोजकमा श्यामप्रसाद तिमिल्सेना, सचिव गुरुप्रसाद त्रिपाठी र कोषाध्यक्ष ई ढकबहादुर भुजेल छन् । सदस्यमा बालचन्द्र भण्डारी, विष्णुप्रसाद बराल, विष्णुप्रसाद सुवेदी, डा. राजन त्रिपाठी, चन्द्र शर्मा तिवारी, ईश्वर अधिकारी र सागर अधिकारी छन् ।
पूर्वविद्यार्थी एवं पूर्व शिक्षक हरिप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको भेलामा ठूलो संख्यामा पूर्व विद्यार्थीहरु उपस्थित थिए । २०१६ मा स्थापना भएको यो स्कुलका विद्यार्थीहरु राज्यका विभिन्न उच्च निकाय एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा उच्च आोहदामा पुगेको भए पनि विद्यायको विकासमा उचित ध्यान नपुगेको कार्यक्रमका वक्ताहरुले उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक हेमराज गौतम, शिक्षासेवी होममणि भण्डारी, कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णबहादुर केसी, पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक नरेश पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश अधिकारी, शिक्षक विकल पौडेल, प्रधानाध्यापक नगेन्द्रप्रसाद लामिछाने, पूर्वविद्यार्थीहरु सूर्यराज भण्डारी, डाल्डादेवी भुजेल, कीर्तिबल्लभ त्रिपाठी, इन्जिनियर ढकबहादुर भुजेल, विष्णुप्रसाद बराल, श्यामप्रसाद तिमिल्सेना, सन्तोष अधिकारी, चन्द्रा शर्मा लगायतले बोलेका थिए ।









बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया