भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
समाधान संवाददाता
२०८० जेठ २ गते १५:४४

पोखरा ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजेल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।
आईओसीले डिजेल र पेट्रोलको मूल्य हरेक १५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमले जनाएको छ ।
सम्बन्धित









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया