गण्डकीमा ऊर्जाको सम्भावना खोजी

पोखरा।
जलविद्युत उत्पादमा गण्डकी प्रदेश देशमै पहिलो स्थानमा पर्दछ । देशमा हाल उत्पादन भएको कुल जलविद्युतको ५० प्रतिशत हिस्सा गण्डकीले ओगटेको छ ।
ऊर्जा विकासको प्रचुर सम्भावना रहेकाले प्रदेशको समृद्धिमा उर्जाको महत्व छ । प्रदेशको ऊर्जा विकासको सम्भावना र चुनौतीको खोजी गर्न पोखरामा बिहीबारदेखि कार्यशाला सुरु भएको छ । यो कार्यशाला शुक्रबारसम्म चल्ने तय छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान)को आयोजनामा गण्डकी प्रदेशको दिगो विकासका लागि उर्जा विषयमा सबै सरोकारवालालाई एकै ठाउँमा राखेर कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका कार्यसमिति सदस्य प्रकाशचन्द्र दुलालले बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा कार्यक्रम भएको हो ।
दुलालले भने, ‘गण्डकी प्रदेशमा रहेको जलस्रोत र उर्जालाई यस प्रदेशको आर्थिक वृद्धि र समृद्धिको प्रमुख स्रोतका रुपमा विकास गर्न कार्यक्रम सफल हुने विश्वास लिएका छौं ।’ कार्यशालाबाट प्रदेशमा ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन गरी प्रदेशको आर्थिक जग बलियो बनाउन सहयोगी हुने विश्वास आयोजकको छ ।
कार्यशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, स्थानीय तहका प्रमुख, जलविद्युत क्षेत्रका प्रवद्र्धक तथा सञ्चारकर्मी सय जनाभन्दा बढीको सहभागिता छ । कार्यशालामा विभिन्न विषयमा विज्ञले कार्यपत्र पेश गर्ने छन् ।
सहभागीले ती कार्यपत्रमाथि अभिमत राख्ने छन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया