संस्कृत माविमा शिवपाञ्चायन मन्दिर निर्माण

पोखरा ।
गण्डकी प्रदेशकै जेठो विद्यालय संस्कृत माध्यमिक विद्यालय पोखरा १ बगरमा नवनिर्मित कास्की जिल्लाकै सबैभन्दा अग्लो शिवपाञ्चायन मन्दिरमा स्थापित देवीदेवताहरुका मूर्तिहरुमा जेठ १९ गते शुक्रबार प्राणप्रतिष्ठा गरिने भएको छ ।
कार्यक्रमका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक कर्मचारी, वडा नम्बर १ का जनप्रतिनिधि, वडा नम्बर १ स्थित विभिन्न सामाजिक संस्थाहरु, टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा विभिन्न व्यक्ति व्यक्तित्वहरु सहितको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन भएको छ ।
प्राणप्रतिष्ठा कार्यक्रमलाई व्यवस्थित बनाउन वडा नं १ स्थित विभिन्न संघ संस्थाहरुको बैठक गरी तयारीलाई तीव्र बनाइएको छ । मन्दिर सञ्चालको स्वामित्व विद्यालय सँगसँगै स्थानीय समुदायले लिँदा थप प्रभावकारी र सुव्यवस्थित हुने भएकाले स्थानीय समुदायलाई अधिक रुपमा परिचालन गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए ।
शनिबार विद्यालयमा आयोजित संघसंस्थाहरुको भेला मूल समारोह समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता, वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधानको प्रमुख आतिथ्य तथा विभिन्न संघसंस्थाहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका सदस्य रोजी पराजुली, समाजसेवी वरुणविक्रम राणा, राधा पराजुली, कल्याण पण्डित, विद्यालयका शिक्षक श्रीकान्त सापकोटा, सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, शिक्षाप्रेमी राजु केसी, संघसंस्था परिचालन उपसमिति संयोजक रामविक्रम राणालगायतले कार्यक्रम तयारी र मन्दिर व्यवस्थापनमा सहयोग पुर्याउन आर्थिक, भौतिक, नैतिक सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।
वडा नम्बर १ का वडाध्यक्ष सहाना प्रधानले विद्यालयले हालका दिनमा गरेको प्रगतिबाट आफू खुसी भएको सुनाए ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया