व्यास रनिङसिल्डको उपाधि सत्यवतीलाई

कृष्ण न्यौपाने
दमौली
व्यास नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा कुल ४१ पदक जित्दै सत्यवतीले रनिङसिल्डको उपाधि हात पारेको हो ।
सत्यवतीले २० स्वर्ण, ११ रजत र १० कास्यपदक जितेको छ । प्रतियोगितामा २३ पदकसहित व्यास नगरपालिका १ स्थित निर्मल माध्यमिक विद्यालय द्वितीय र ५ पदकसहित व्यास नगरपालिका ६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय तृतीय भएको छ ।
निर्मलले ८ स्वर्ण, ६ रजत र ९ कास्य पदक जितेको छ भने महेन्द्रज्योतिले ३ स्वर्ण र २ रजत पदक जितेको प्रतियोगिताको व्यवस्थापन विद्यालय निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३७ विद्यालयको सहभागिता थियो ।
प्रतियोगितामा कुल ३४ स्वर्ण, ३५ रजत र ४१ कास्य पदक वितरण गरिएको थियो । प्रतियोगितामा दौड, सटफुट, ट्रिपल जम्प, हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, भलिबल, कबड्डी, कँराते लगायतका खेल भएका थिए । विजेतालाई पुरस्कार वितरण गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलकुदले मानिसलाई सभ्य र असल नागरिक बनाउने बताए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया